• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

धादिङको गल्छीमा ट्याक्टर दुर्घटना, दुई जनाको ज्यान गयो 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । धादिङको गल्छी गाउँपालिका–३ मा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । 

आदमघाटबाट गुप्तेश्वर मन्दिरमा पानी लिएर गएको वाग्मती प्रदेश ०१–००४ क ३३५२ नम्बरको ट्याक्टर गए राति दुर्घटना हुँदा दुई युवकको ज्यान गएको हो । सो दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा गजुरी गाउँपालिका–६ का १८ वर्षीय प्रशान्त चेपाङ र २० वर्षीय जयराम चेपाङको ज्यान गएको छ । घाइते गजुरी गाउँपालिका–६ का १९ वर्षीय शिरीष चेपाङ र १७ वर्षीय सुरेश चेपाङलाई काठमाडौँ पठाइएको छ ।

ट्याक्टर चालक गजुरी गाउँपालिका–६ का २३ वर्षीय दिनेश चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रतिकृया दिनुहोस