भारतको कुम्भमेलाबाट फर्कँदै गरेका नेपाली चढेको गाडी दुर्घटना, तीन जनाको ज्यान गयो
काठमाडौं । भारतको कुम्भ मेला स्नान गर्न गएका नेपाली तीर्थालु सवार युपी ५३ एफ डी ४२८८ नम्बरको भारतीय गाडी दुर्घटनामा पर्दा तीन जना नेपालीको ज्यान गएको छ ।
रुपन्देहीको देवदहबाट कुम्भ मेला गएर फर्कने क्रममा भारत उत्तर प्रदेशको आजमगढ वाराणसीमा गाडी दुर्घटना पर्दा उनीहरूको ज्यान गएको हो । ज्यान गुमाउनेमा देवदह नगरपालिका–९ निवासी ४५ वर्षीय गणेश खनाल, उहाँकी श्रीमती ३५ वर्षीया दीपा खनाल र ४० वर्षीया गीता शर्मा रहेका छन् ।
रोडको डिभाइडरमा गाडी ठोक्किएर दुर्घटना भएको हो । दुर्घटना परी सवारी चालकसहित पाँच जना घाइते भएका छन् ।
घाइते हुनेहरूमा देवदह भलुहीकी कोपिला पोखरेल, उहाँका छोरा सुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र सवारी चालक भारतीय नागरिक रितेश दुवै रहेका छन् । घाइतेको स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि गोरखपुर पठाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गाडी चालक निदाएर दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।


प्रतिकृया दिनुहोस