• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

सर्लाहीको बाँके जंगलमा बस पल्टिँदा १५ जना यात्रु घाइते

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकाको बाँके जंगलमा बस पल्टिँदा १५ जना यात्रु घाइते भएका छन् ।

महोत्तरीको बर्दिबासमा लघु वित्तीय संस्था विरुद्ध संघर्ष समिति मधेस प्रदेशको आयोजना भएको कार्यक्रममा सहभागी भई पथलैया तर्फ जाँदै गरेको बस बिहीबार साँझ ७ बजे अनियन्त्रित भई दुर्घटना भएको हो ।

ईश्वरपुर नगरपालिका वडा नम्बर १३ पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने बाँके जङ्गलको घारी बथान जाने चोक नजिक तीव्र गतिको कारण आफैँ अनियन्त्रित भई पल्टिदा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

बर्दिवासबाट पथलैया तर्फ जाँदै गरेका ना. ७ ख. ३६४३ नम्बरको सिटी राईड बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक बालिष्टर सिंहले बताउनुभयो । 

बस दुर्घटनामा बाराकी लक्ष्मी देवी थरुनीको , राजवती महरा, रुमा कुमारी चौधरी, सुशीला सिंह, सविता सिंह, चनिया देवी दनुवार, पर्साकी लालपरी देवी लगायत घाइते भएको छ । घाइते यात्रुहरूको लालबन्दीका अस्पतालमा उपचार भइरहेको छ ।

बसमा  ३७ सबार रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिकृया दिनुहोस