कमलपोखरीको खाजा घरमा भएको आगलागीमा जलेका दुई जनाको ज्यान गयो
काठमाडौँ । कमलपोखरीस्थित एक खाजा घरमा ग्यास चुहिएर भएको आगलागीमा परी घाइते भएका ११ जना कामदारमध्ये दुई जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराका अनुसार हेटौडाका १८ वर्षीय रविन राई र उदयपुरका २५ वर्षीय भीमबहादुर घलेको ज्यान गएको हो ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा राईको गए राति र घलेको आज बिहान ज्यान गएको प्रहरीले जनाएको छ । अन्य घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिकृया दिनुहोस