कञ्चनपुरको भीमदत्त नगरपालिकामा मोटरसाइकल दुर्घटना, दुई जनाको ज्यान गयो
काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका –१२ को भाइरल रोडमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दुर्घटनामा परी भीमदत्त नगरपालिका– १३ का २१ वर्षीय कैलाशसिंह साउद र २२ वर्षीय गणेश विष्टको ज्यान गएको हो ।
सोमबार राति सुपप्र–०१–०१२ प ९२४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विद्युत् पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण मोटरसाइकल नियन्त्रण बाहिर गएर दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस