• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

नुवाकोटमा माइक्रोबसले ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजनाको ज्यान गयो 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । नुवाकोटमा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ । सो दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।

काठमाडौंबाट नुवाकोटतर्फ जाँदै गरेको विद्युतीय माइक्रोबसले लिखु गाउँपालिका–५ अमिलेबोटेमा मोटरसाइकललाई ठक्कर दिँदा उत्तरगया गाउँपालिका–५ रसुवाका पुरुषोत्तम लामिछानेको ज्यान गएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलका चालक उत्तरगया–५ का २५ वर्षीय प्रमोद थापाको उपचार भइरहेको छ । माइक्रोबसका चालक विदुर नगरपालिका–४ का नारायण बर्देवालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

 

प्रतिकृया दिनुहोस