• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

सिन्धुलीको खनियाकर्खमा विद्युतीय भ्यान दुर्घटना, एक जनाको ज्यान गयो, पाँच घाइते 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । सिन्धुलीको खनियाकर्खमा विद्युतीय भ्यान (इभी) दुर्घटना हुँदा एकको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । 

बिपी राजमार्गको सिन्धुलीमाडी–खुर्कोट खण्ड अन्तर्गत गोलञ्जोर गाउँपालिका–५ खनियाँखर्क नजिकै शुक्रबार बिहान भएको दुर्घटनामा चालकको ज्यान गएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । 

झापाबाट काठमाडौं आउँदै गरेको गरेको वा १–०३० च ९६४२ नं को इभी दुर्घटनामा चालक २६ वर्षीय सुशान्त नेपालीको ज्यान गएको हो । नेपालीको उपचारका क्रममा सिन्धुली अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । 

घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । इभी सडकबाट अन्दाजी ४ सय मिटर तल खसेकाले उद्धारमा समेत कठिनाइ भएको सिन्धुली प्रहरीले जनाएको छ । 

घाइते पाँच जनाको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । चालक निदाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

 

प्रतिकृया दिनुहोस