• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

अछाममा बाख्रा चराउन गएका दुई किशोरीको शव भेटियो 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । अछाममा बाख्रा हेर्न गएको दुई किशोरी मृत फेला परेका छन् ।

शुक्रबारदेखि हराएका ढकारी गाउँपालिका–८ का दुई किशोरी शनिबार मृत फेला परेका हुन् । ढकारी गाउँपालिका–१ मा रहेको छिन्ने जङ्गलमा सरस्वती खड्का र ईश्वरी खड्काको शव फेला परेको हो ।

अलग, अलग स्थानमा किशोरीको शव फेला परेको प्रहरीले जनाउको छ । शव शनिबार साँझ फेला परेको भए पनि रातको समयमा अनुसन्धान गर्न कठिन भएकाले आइतबार जिल्लाबाट प्रहरी टोली त्यस तर्फ गएको छ ।  

उनीहरू शुक्रबार दिउँसो बाख्रा चराउन छिन्ने जङ्गल गएका थिए । बेलुका बाख्रापाठा घर फर्किए पनि किशोरीहरू नफर्किएपछि स्थानीयले खोजी सुरु गरेका थिए । 

शनिबार आफन्त तथा गाउँले किशोरीको खोजीमा निस्किँदा शव फेला पारेको प्रहरीले जनाएको छ । 

 

प्रतिकृया दिनुहोस