• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

गैरहाजिर भएका प्रहरीहरूलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । प्रहरी प्रधान कार्यालयले गैरहाजिर भएका १५ जना प्रहरीहरूलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ ।

प्रहरी महानिरीक्षकको सचिवालयको कानुन शाखाले बिहीबार सूचना जारी गरी गैरहाजिर भएका प्रहरीलाई सात दिनभित्र कार्यालयमा हाजिर  हुन  निर्देशन दिएको हो ।

१५ जना हवलदार, सहायक हवलदार, अन्य प्रहरी जवान, प्राविधिक प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी मङ्सिरदेखि गैरहाजिर रहेका प्रहरी प्रधानकार्यालयले जनाएको छ । गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण सहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस