• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

तनहुँको बेलभञ्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गयाे

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडाैं । तनहुँको व्यास नगरपालिका–१२ बेलभञ्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । 

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको गण्डकी प्रदेश ०३–००१ प ०३१० नम्बरको मोटरसाइकल मंगलबार बिहान अनियन्त्रित भई सडकबाट खस्दा त्यसमा सवार दुई जनाको घटनास्थलमा नै ज्यान गएको हो । 

ज्यान गुमाउनेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । हुस्सु लागेका कारण बाटो नदेखेर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना परेको अनुमान गरिएको छ । 

प्रतिकृया दिनुहोस