• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

चितवनमा युवकलाई कुटपिट गर्ने प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढ्यो : प्रहरी प्रधान कार्यालय

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । चितवनको भरतपुरमा युवकलाई निर्घात कुटपिट गर्ने प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढाइएकाे छ ।

युवकलाई कुटपिट गर्ने प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढाइएकाे नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

भरतपुर महानगरपालिका-११ बसेनी चोकमा रातको समयमा गस्ती गर्ने क्रममा एक युवकलाई प्रहरीले कुटपिट गरिरहेकाे भिडियो सार्वजनिक भएकाे विषयमा गम्भीर ध्यानाकर्षण भएकाे कार्यालयले जनाएकाे छ ।

यस घटनाकाे छानबिनका लाग‍ि जिल्ला प्रहरी कार्यालय चितवनले छानबिन समिति गठन गरी ती प्रहरीमाथि विभागीय कारबाही प्रक्रिया अघि बढाइसकेको प्रहरी प्रधान कार्यालयले जानकारी जनाएकाे छ ।

भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा प्रहरीको आलोचना भइरहेको छ ।

प्रतिकृया दिनुहोस