भीषण वर्षापछि सिड्नीमा बाढी, डढेलाे पनि नियन्त्रणमा
एजेन्सी । तीन दशक यताकै ठूलो पानी परेपछि अष्ट्रेलियाको सिड्नीमा बाढी आएको छ ।
बाढीका कारण त्यहाँको जनजीवन अस्तव्यस्त बनेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । त्यहाँको मौसम विभागका अनुसार चार दिनको अवधिमा करिब चार सय मिलिमिटर पानी परेको छ ।
बाढीका कारण हजारौं मानिस घर छाड्न वाध्य भएका छन् । उनीहरुलाई सुरक्षित ठाउँमा सारिएकाे बताइएको छ । दुईसय जना मानिसलाई आपत्कालीन सेवाका कर्मचारीहरूले उद्धार गरेका छन् ।
करिब एक लाख घरमा बिजुली अवरुद्ध भएको बताइएको छ । त्यहाँ यातयात, रेल र डुङ्गा सेवा पनि प्रभावित भएको बताइएको छ ।
तर, ठूलो पानीका कारण विगत साढे दुई महिनादेखि न्यू साउथ वेल्स राज्यका ठाउँठाउँमा लागेको डढेलो भने निभेको छ ।
डढेलाेका कारण सो क्षेत्रमा पानी अभाव भएको थियो । पानी परेपछि केही राहत मिलेको छ । सिड्नीको पाँच सय हेक्टर जंगलमा करिब साढे दुई महिनादेखि डढेलो फैलिरहेको थियो । डढेलोबाट ३ सय भन्दा बढी घर जलेका थिए । करोडौं जिवजन्तु तथा जनावर सखाप भएका थिए ।
अझै बाढी आउन सक्ने भन्दै त्यहाँको मौसम विभागले सतर्क रहन आग्रह गरेको छ । बाढीकाे जाेखिममा डढेलो प्रभावित क्षेत्रहरू रहेकाे भन्दै विभागले तीव्र गतिमा बग्ने भेलले फोहोरकाे थुप्राे बगाएर ल्याउने चेतावनी दिएको छ ।


प्रतिकृया दिनुहोस