• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

कोरोनाले लियाे ९१० ज्यान, डब्लूएचओकाे टाेली चीनमा

सनराइज खबर

सनराइज खबर

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट निधन हुनेको संख्या ९ सय १० पुगेको छ ।

अहिलेसम्म चीनमा मात्रै ९ सय ८ जनाको निधन भएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । चीनमा आइतबार थप ९७ जनाको निधन भएको हो । चीनबाहिर हङकङ र फिलिपिन्समा पनि एक–एक जनाको निधन भएको छ । यो संगै कोरोनाबाट निधन हुनेको संख्या ९ सय १० पुगेको हो ।

कोरोना भाइरस संक्रमितको संख्या करिब ४० हजार पुगेको बताइएको छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका २५ देशमा फैलिइसकेको छ । 

कोरोना प्रकोपबारे अध्ययन गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को एक टोली अहिले चीनमा छ । 

डब्लूएचओका महामारी विशेषज्ञ डा. ब्रुस एलिवार्डको नेतृत्वमा विशेषज्ञ टोली अ‌ाइतबार चीन गएको हो । टोलीले भाइरसको संक्रमण भित्रन सक्ने सम्भावित अवस्थाबारे तयार रहन विश्व समुदायलाई आग्रह गरेको छ । सतर्क रहन तर, नअत्तालिन अनुरोध समेत गरेको छ ।

 कोरोना भाइरसको संक्रमण अरु देशमा पनि फैलिएपछि डब्लूएचओले जनवरी ३० मा विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको थियो ।


 

प्रतिकृया दिनुहोस