• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

इन्सपेक्टरमा बढुवाका लागि सिफारिस भए सशस्त्र प्रहरीका ४५ सइ

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । सशस्त्र प्रहरी बल (एपीएफ) का ४५ नायब निरीक्षक (सइ) सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) मा बढुवाका लागि सिफारिस भएका छन् ।

सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले ४५ जना सइलाई इन्सपेक्टरमा बढुवाका लागि सिफारिस गरेको सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले जनाएकाे छ । बढुवामा चित्त नबुझे उजुरी सुन्ने समितिमा ७ दिनभित्र उजुरी दिन समितिले आग्रह गरेकाे छ ।

प्रतिकृया दिनुहोस