मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गयो
काठमाडौं । मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ।
बुधबार बेलुका सुन्दरहरैँचा नगरपालिका–९ र बेलबारी नगरपालिका–१० मा सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।
पूर्वपश्चिम–राजमार्गको सुन्दरहरैँचा नगरपालिका–९ नागदेवी खण्डमा प्र १–०२–०४९ प ३७१८ नम्बरको मोटरसाइकल र प्र १–०२–०५१ प ७६३५ नम्बरको स्कुटर दुर्घटना भएका थियो । दुर्घटनामा परी स्कुटर चालक मोरङ सुन्दरहरैँचा नगरपालिका– ९का ३८ वर्षीया प्रमीला श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक सुनसरी इटहरीका–४० वर्षीय नवीनसिंह ठकुरी घाइते भएका छन् ।
त्यस्तै बेलबारी नगरपालिका–१० चाँदनी चोकस्थित भित्री सडक खण्डमा बेलबारी नगरपालिका १०४–२०८१–८२ नम्बरको सिटी सफारी दुर्घटना हुँदा सिटी सफारीमा सवार सोही ठाउँका ५० वर्षीया मायादेवी राजवंशीको ज्यान गएको छ । सिटी सफारी चालक भुपे दाहाल घाइते हुनुभएको छ ।


प्रतिकृया दिनुहोस