• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

डीएसपीमा बढुवाका लागि सिफारिस भए नेपाल प्रहरीका ४ इन्स्पेक्टर

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडाैं । नेपाल प्रहरीका ४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

नेपाल प्रहरीको बढुवा सिफारिस समितिको मंगलबारकाे बैठकले प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप समूह, चिकित्सकतर्फका इन्स्पेक्टरलाई डीएसपीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

बढुवा हुनेमा इन्स्पेक्टरहरू डा. सुष्मा केसी, डा. पूजा खड्का, डा दीपक भिन्दवार र डा. अनुज श्रेष्ठ हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस