• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

शैलुङमा हिमपात, शैलुङका थुम्का सेताम्मे

सनराइज खबर

सनराइज खबर

रामेछाप । रामेछापको शैलुङमा यस वर्षको हिउँदको पहिलो हिमपात भएको छ । 

शैलुङका साथै जिल्लाका अन्य उच्च पहाडी क्षेत्रमा यस पटकको पहिलो हिमपात भएको छ । जिल्लाको माथिल्लो हिमाली क्षेत्रमा मंगलबारबाट हिमपात सुरु भएको हो । 

दोरम्बा शैलुङ गाउँपालिकाको शैलुङ खोलाखर्क क्षेत्रमा मंगलबार पहिलो पटक हिमपात भएको स्थानीय दावासाङ्बु शेर्पाले जानकारी दिए । मंगलबारबाट शैलुङमा बाक्लो हिउँ परेको छ । 

हिउँ परेसँगै शैलुङका डाँडा मनोरम र सेताम्मे भएका छन् । शैलुङमा हिउँ परेपछि हिउँ खेल्ने पर्यटकहरू त्यहाँ पुग्ने गर्दछन् । 

हिउँ परेपछि बालीनाली राम्रो उत्पादन हुने भन्दै स्थानीय किसान समेत खुसी भएका छन् । हिउँले खाएको माटो मलिलो हुने तथा जमिनमा ओस पस्ने भएकोले राम्रो उब्जनी हुने किसानहरू बताउँछन् । 

प्रतिकृया दिनुहोस