• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

बझाङ जिप दुर्घटना : एकै परिवारका तीन सहित पाँच जनाको ज्यान गयो 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । बझाङमा  गए राति भएको जिप दुर्घटनामा एकै घरका तीन जना सहित पाँच जनाको ज्यान गाएको छ । 

जिल्लामा एकैदिन भएको दुईवटा दुर्घटनामा उनीहरूको ज्यान गएको हो ।  

बझाङको तलकोट गाउँपालिकाको धमेनामा बिहीबार राति जिप दुर्घटना हुँदा एकै घरका तीन जनासहित चार जनाको ज्यान गएको छ ।  त्यस्तै मष्टा गाउँपालिका–१ कोटदेवलमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

दुर्घटनामा तलकोट गाउँपालिका–४ की ७२ वर्षीया जौमती देवी धामी,  उहाँको छोरा ३६ वर्षीय बमबहादुर धामी र बमबहादुर धामीकी छोरी ६ वर्षीय आकृति धामीको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा जिप चालक केदारस्यु गाउँपालिका–१ का ३३ वर्षीय सम्शेर मल्लको पनि ज्यान गएको छ ।  

से १ ज ८४३ नम्बरको जिप तलकोटबाट सदरमुकाम चैनपुरतर्फ जाँदै गर्दा तलकोट गाउँपालिकाको धमेनामा दुर्घटना भएको हो । जिप सडकबाट झन्डै २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । 

त्यस्तै बझाङको मष्टा गाउँपालिका–१ कोटदेवलमा जिप दुर्घटना एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा मष्टा गाउँपालिका–१ रनाडाका ४२ वर्षीय जिप चालक धर्म थापा रहेका प्रहरीले जनाएको छ । 

भातेखोलाबाट रनाडा जाँदै गरेको सुदूरपश्चिम प्रदेश ००१ ज १३९८ नम्बरको जिप दुर्घटनामा परेको थियो । जिप सडकबाट १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । जिपमा चालक मात्र सवार थिए । 

 

प्रतिकृया दिनुहोस