• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

डीआईजीमा बढुवाका लागि सिफारिस भए नेपाल प्रहरीका ५ एसएसपी

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडौं । नेपाल प्रहरीका ५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरू प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

बिहीबार बसेकाे गृह मन्त्रालयको बढुवा सिफारिस समितिक बैठकले ५ जना एसएसपीलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेकाे समितिका सदस्यसचिव प्रहरी अतिरिक्त महानिरीक्षक दुर्गा सिंहले सूचनामार्फत जानकारी दिनुभएकाे छ ।

एसएसपीहरू इश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया डीआईजीमा बढुवाका लागि सिफारिस हुनुभएकाे हाे ।

कार्की नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास कार्यालय नक्सालमा, भट्ट कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतमा, आचार्य लागूऔषध नियन्त्रण ब्यूरो, पौडेल अख्तियार र थपलिया नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागमा कार्यरत हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस