• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

हवाई दुर्घटना अनुसन्धान गर्ने स्थायी आयोग गठनबारे कानुनी प्रक्रिया अघि बढेको छ : पर्यटन मन्त्री पाण्डे

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले सुरक्षित र नियमित आकाश नेपालीको पहिलो प्राथमिकता रहेको बताउनुभएकाे छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले सुरक्षित र नियमित उडान सञ्चालन गर्नुपर्ने बताउनुभयाे ।

पछिल्लो समय तथ्य र तथ्यांक भन्दा पनि लहडको भरमा काम गर्ने प्रवृत्ति बढेको भन्दै उहाँले लहडको भरमा काम गर्दा देश दुर्घटनामा पर्ने बताउनुभयाे ।

मन्त्री पाण्डेले हवाई दुर्घटनाबारे अनुसन्धान गर्ने स्थायी आयोग निर्माणका लागि कानुनी प्रक्रिया आगाडि बढेको बताउनुभयाे । आयोग बनेपछि नेपाली आकाशमा देखिएको समस्या केही हदसम्म समाधान हुने विश्वास उहाँले व्यक्त गर्नुभयाे ।

नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमबीच सहकार्य गर्न सके पनि हवाई क्षेत्रमा देखिएका समस्या समाधान हुने मन्त्री पाण्डेले बताउनुभयाे ।

यो वर्षको अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको नारा 'दिगो भविष्यः आगामी ८० वर्षको लागि सँगै' भन्ने छ ।

प्रतिकृया दिनुहोस