• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

केन्याको विद्यालयमा भागदौड मच्चिँदा १४ काे निधन

सनराइज खबर

सनराइज खबर

एजेन्सी । केन्याको एक विद्यालयमा भागदौड मच्चिँदा १४ जना बालबालिकाको निधन भएको छ । 

राजधानी नैरोबीस्थित काकामेगा प्राथमिक विद्यालयमा भागदौड मच्चिदा ४० जना घाइते भएका छन् । सोमबार कक्षा कोठा छोडेर विद्यार्थीहरू घर फर्केने क्रममा भागदौड मच्चिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

केन्याका शिक्षा मन्त्री जोर्ज मागोहाले १४ बालबालिकाको निधन भएको बताएका छन् । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

भागदौड मच्चिनुको कारण खुल्न सकेको छैन । यसबारे अनुसन्धान थालिएको त्यहाँको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस