कोरोना भाइरसबाट हङकङमा एकको निधन
एजेन्सी । कोरोना भाइरसका कारण हङकङमा एक जनाको निधन भएको छ ।
कोरोना भाइरसबाट संक्रमित ३९ वर्षीय चिनियाँ पुरुषको उपचार क्रममा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । हङकङको क्वाइ चुङस्थित प्रिन्सेस मार्गरेट अस्पतालमा मंगलबार बिहान उनको निधन भएको हो ।
हङकङमा कोरोनाबाट निधन हुने उनी पहिलो व्यक्ति हुन् । त्यहाँ केही व्यक्तिमा कोरोनाको संक्रमण देखिएको बताइएको छ । चीन बाहिर कोरोनाबाट निधन हुने भने उनी दोस्रो व्यक्ति हुन् ।
यसअघि फिलिपिन्समा कोरोनाबाट एक जनाको निधन भएको थियो । उनी पनि चिनियाँ नागरिक नै थिए ।


प्रतिकृया दिनुहोस