• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

चीनबाट आउनेलाई अमेरिका र अष्ट्रेलियामा राेक

विदेश डेस्क

विदेश डेस्क

एजेन्सी । अमेरिका र अष्ट्रेलियाले चीनबाट आउने यात्रुलाई अस्थायी रुपमा रोक लगाउने भएको छ । आफ्नै देशका नागरिकलाई भने उनीहरुले आउन भने नराेकिने बताइएकाे छ ।

अमेरिकाले यो घोषणा गर्दै अमेरिकी नागरिक र तीनका परिवार र त्यहाँ बस्दै आएकाबाहेकलाई रोक लगाउने घोषणा गरेको हो । 

अमेरिकाले जस्तै अष्ट्रेलियाले पनि चीनबाट आउनेलाई रोक लगाउने निर्णय शनिबार गरेको छ । प्रधानमन्त्री स्कट मोरिसनले अस्थायी रोक लगाएकाे घोषणा गर्दै अष्ट्रेलियाली नागरिक, स्थायी बासिन्दा, आश्रितहरु, अभिभावक र जीवनसाथीलाई भने आउन नराेकिने बताए । 

ती देशले चीनको हुबेई प्रान्तमा पछिल्लो १४ दिनभित्र पुगेकालाई क्वारेन्टाइन परीक्षण गर्ने पनि जनाएको छ । 

प्रतिकृया दिनुहोस