• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

चीनमा कोरोना भाइरसबाट निधन हुनेकाे स‌ंख्या २५९ पुग्याे

सनराइज खबर

सनराइज खबर

एजेन्सी । चीनमा कोरोना भाइरसका कारण निधन हुनेको संख्या दुई सय ५९ पुगेको छ ।

शनिबार बिहानसम्म कोरोना भाइरसबाट निधन हुनेको संख्या दुई सय ५९ पुगेको हाे । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ११ हजार ७ सय ९१ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले तथ्याक‌ं अनुसार विरामी भएका मध्ये १७ सय ९५ जनाको अवस्था गम्भीर छ । कोरोना भाइरसकाे सङ्क्रमण भएको आशंकामा १७ हजार ९ सय ८८ जनाकाे पनि स्वास्थ्य जाँच गरिएको छ । साे जाँचकाे नतिजा अ‌ाउन बाँकी रहेकाे अ‌ायाेगले जनाएकाे छ ।

अ‌ायाेगका अनुसार विरामी मध्ये करिब दुई सय ४३ जना उपचारपछि घर फर्किएका छन् ।

शुक्रबार ४६ जनाको निधन भएकाे चिनियाँ स्वास्थ्य अधिकारीहरुले बताएका छन् । ती मध्ये ४५ जनाकाे हुवेइ प्रान्तमा र एक जनाकाे चोङक्वीङ नगरपालिकामा निधन भएको हो ।

शुक्रबार नै २१ सय २ जना नयाँ सङ्क्रमित भेटिएका अ‌ायाेगले जनाएकाे छ ।  पाँच हजार १९ जनाकाे स्वास्थ्य जाँच भइरहेको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार शुक्रबार दुई सय ६८ जना गम्भीर विरामी थपिएका छन् । साेही दिन ७२ जना उपचारपछि घर फर्किएका छन् ।

चीनकोे मध्य क्षेत्रमा पर्ने वुहान शहरमा सवैभन्दा पहिले देखिएको कोरोना भाइरसको संक्रमण अहिले विश्वका दुई दर्जनभन्दा बढी देशमा फैलिइसकेको छ । भाइरसको प्रकोप फैलिदै गएपछि विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ ।

विभिन्न देशले चीनसँगको नाकाबाट हुने आवतजावतमा कडाई गरेका छन् । 

 

प्रतिकृया दिनुहोस