• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

न्हुज: खल: कविता प्रतियोगिता फागुनमा

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । नेपाली युवा लक्षित गर्दै कविता प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता न्हुज: खल: को आयोजनामा आगामी फागुन ११ गते राष्ट्रिय सभा गृहमा हुनेछ । प्रतियोगितामा सहभागी हुन ४० वर्ष नकाटेको नेपाली नागरिकले १ सय ५० शब्दमा नेपाली भाषामा कविता लेखि पठाउनुपर्ने आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतियोगितामा सहभागी हुन देशभरबाट अनलाइनमार्फत् कविता सम्प्रेषण गर्न सकिने छ । साे कविता माघ २५ गतेसम्ममा पठाइसक्नुपर्ने छ । छानिएका कविता लेखकलाई आयोजकले सम्पर्क गर्ने अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा पहिलो हुनेलाई नगद ५० हजार प्रदान गरिने छ भने दोस्रो र तेस्रो हुनेलाई क्रमश: ३० हजार र २० हजार प्रदान गरिने छ । त्यस्तै सान्‍त्वना पुरष्कार दुई जनालाई १०/१० हजार प्रदान गरिने छ । 
 

प्रतिकृया दिनुहोस