अस्कल अनेरास्ववियुका नेता माथि आक्रमण, अपराधिलाई कारबाही गर्न माग
काठमाडाैं । अस्कल क्याम्पसमा एमाले निकट अनेरास्ववियुका नेतामाथि कुटपिट भएकाे छ ।
अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा स्वास्थ्य विभाग प्रमुख कमल जोशी अनेरास्ववियु क्याम्पस कमिटीद्धारा आयाेजित कार्यक्रममा सहभागी भएर निस्किदै गर्दा अनेरास्ववियु क्रान्तिकारीका टाेलिले आक्रमण गरेर घाइते बनाएकाे अनेरास्ववियुका प्रवक्ता प्रकाश पाैडेलले जानकारी दिनुभयाे ।
'आक्रमणकाे अनेरास्ववियु घाेर निन्दा र भर्त्सना गर्दछ' अनेरास्ववयुबाट जारी विज्ञप्तिमा उल्लेख छ- 'तत्काल सिसिटिभि फुटेज हेरेर अपराधीलाई अविलम्ब पक्राउ गरेर कारबाही अघि नबढाए हामी प्रतिरोधमा उत्रने प्रशासनलाई चेतावनी दिन चाहान्छौ ।'

विज्ञप्तिमा अस्कल क्याम्पसमा पटक पटक भैरहेको यस किसिमको अपरधिक गतिविधिलाई अन्त्य नगरे निर्णायक लडाइको लागि संगठन तयार रहेकाे उल्लेख गर्दै अपराधीलाई राज्यको आडमा संरक्षण गरिरहेको संगठनलाई र प्रहरी प्रशासनलाई राज्यको आडमा गुण्डागर्दी संरक्षण नगर्न समेत अनेरास्ववियुले आग्रह गरेकाे छ ।
घाइते जाेशीलाई टाउकाेमा गम्भिर चाेट लागेकाे प्रवत्ता पाैडेलले जानकारी दिनुभयाे । पाैडेलका अनुसार थप उपचारका लागि जाेशीलाई बाँसबारी स्थित न्यूराे हस्पिटल पुर्याइएकाे छ ।
विज्ञप्ति:

लोकप्रिय
सम्बन्धित खवर
-
एनडीटीभी समिटमा सहभागी हुन चार भारतीय उच्चस्तरीय प्रतिनिधि काठमाडौंमा
-
भोटेकोशी बाढीको असर चीनसम्म, केरुङमा पहिरोपछि दर्जनौँ व्यक्ति बेपत्ता
-
स्थानीय प्रशासनसँगको समन्वयमा उद्धार तथा राहातका लागि तयारी रहन अध्यक्ष ओलीद्वारा कार्यकर्तालाई निर्देशन
-
जनताको परिवर्तनको चाहना सम्बोधन गर्न सरकार गम्भीर बन्नुपर्छ : देउवा


प्रतिकृया दिनुहोस