• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

भिडभाड हुने ठाउँमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नू : स्वास्थ्य मन्त्रालय

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिडभाड हुने ठाउँमा जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गरेको छ ।

छिमेकी मुलुकहरूमा कोभिड-१९ को नयाँ सब भेरिएन्ट जे एन. १ को संक्रमण बढिरहेकाले नेपालमा पनि भित्रिनसक्ने भन्दै मन्त्रालयले   जनस्वास्थ्यको मापदण्ड पालना गर्न मंगलबार विज्ञप्तिमार्फत आग्रह गरेकाे हाे ।

मेला, भाेज, पार्टी जस्ता भिडभाड हुने ठाउँमा मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न र हातको सरसफाइमा समेत विशेष ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ ।

नेपालमा कोभिड-१९ को नयाँ सब भेरिएन्ट जेन एन. १ को संक्रमण पुष्टि भइनसकेकाे भन्दै मन्त्रालयले सचेत रहन सुझाव दिएकाे छ ।

नेपालमा संक्रमण भित्रिन नदिन विभिन्न नाकामा नयाँ संक्रमणलाई द‍ृष्टिगत गरी प्रवेश विन्दुका सम्पूर्ण हेल्थ डेस्कहरू, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरू तथा सम्पूर्ण सरोकारवालाहरूमार्फत आवश्यक निगरानी भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालमा संक्रमण फैलिहालेमा मन्त्रालय कोभिड-१९ को व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिकृया दिनुहोस