• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

आज वर्षकै सबैभन्दा चिसो दिन

रासस

रासस

काठमाडौं । आज उपत्यकामा वर्षकै सबैभन्दा जाडो महसुस भएकाे छ । काठमाडाैंमा आजको न्यूनतम तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस रहेको छ ।  यो वर्षकै सबैभन्दा कम तापक्रम हो । 

यसअघि मङ्गलबार उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री मापन भएको थियो । मौसमविद् विभूती पोखरेलका अनुसार तापक्रम निरन्तर घट्ने क्रममा रहेको छ । उनले भने– ‘अबको केही दिन तापक्रम घटबढ हुनेछ । ’ 

मौसमविद् पोखरेलका अनुसार राती बदली भए दिउँसो तापक्रम बढ्ने र आकाश खुला भए तापक्रम घट्ने हुन्छ ।

पश्चिम तराईका जिल्लामा पनि चिसो ह्वात्तै बढेको छ । चिसो बढेसँगै तराईका अधिकांश जिल्लामा हुस्सु र शीतलहरले जनजीवन कष्टकर बन्दै गएको छ । चिसोबाट विशेष गरी वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुने गरेकाले चिकित्सकले सावधानी अपनाउन सुझाव दिएका छन् । 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम माइनस ६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । त्यसैगरी दिपालय ४.७, दाङ ३.५, पोखरा ८.५, सिमरा ६.५, धनकुटा ६.५ र ओखलढुङ्गाको ४.० डिग्री सेल्सियस मापन गरिएको छ । 
 

प्रतिकृया दिनुहोस