• ६ भदौ २०८३, शनिबार
  • Saturday,22 August,2026

उपेन्द्रलाई ओलीले भने– ‘आफैं छाड्नुहुन्छ कि हटाउँ ?’

अनुपम शर्मिला

अनुपम शर्मिला

काठमाडौं । उपेन्द्र यादवलाई प्रधानमन्त्री केपी ओलीले एक दूत मार्फत् उपेन्द्रलाई मंगलबार बिहान खबर पठाए– ‘आफैं छाड्नुहुन्छ कि हटाउँ ?’

स्रोत अनुसार उपेन्द्रले सरकार नछाड्ने हो भने आज मंगलबार दिनभरीमा मन्त्रिमण्डल पुर्नगठन गर्ने खबर ओलीले पठाएका थिए । ओलीको सन्देश थियो– आफैं सरकारबाट हटेर अलिकति भए पनि इज्जत जोगाउनुस्, हटाउनुपर्‍याे भने तपाईंको राजनीतिक शाख गिर्छ ।

उच्च राजनीतिक स्रोत अनुसार विगतमा सरकार छाड्नुपर्ने पक्षमा डा. बाबुराम भट्टराई भए पनि एक महिनादेखि उनी सरकारमा टिक्नुपर्छ भन्ने पक्षमा पुगेका थिए । हिसिला यमीलाई राष्ट्रिय सभा सदस्य बनाउने प्रयास असफल भएपछि बाबुराम सरकार विरुद्ध उभिने अनुमान गरिएको थियो । त्यस विपरित उनी सरकारमा टिक्नुपर्ने पक्षमा उभिएका हुन् । 

स्रोत अनुसार सरकारमा टिक्ने पक्षमा बाबुरामले सोमबारको दिन र रात तथा मंगलबार बिहान पनि निरन्तर प्रयास गरेका थिए । 

प्रधानमन्त्री ओलीले ‘हटाइदिन्छु’ भन्ने खबर पठाएपछि उपेन्द्र बाबुराम दुवै सरकारबाट हट्ने पक्षमा पुगेका हुन् । 

संसदीय दलबाट निर्णय गरेर उपेन्द्रको समाजवादी पार्टी सरकारबाट हट्दैछ ।

स्रोत अनुसार केही समय यता नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बाबुरामले भित्री रुपमा संवाद गरिरहेका थिए । 
 

प्रतिकृया दिनुहोस