निराला विरुद्ध उजुरी गर्न १० दिनकाे म्याद
काठमाडौं । रिक्त रहेकाे न्याय परिषद्काे सदस्य पदमा वरिष्ठ अधिवक्ता एवं पूर्व महान्यायधिवक्ता लक्ष्मीबहादुर निराला खड्का सिफारिस भएका छन् । सोमबार बसेकाे मन्त्रिपरिषद् बैठकले निरालालाई साे पदमा सिफारिस गरेकाे थियो ।
न्याय परिषद् सदस्यबाट पदम बैदिकले राजीनामा दिएपछि साे पद रिक्त थियो ।
सरकारले सिफारीस गरेका पदाधिकारी विरुद्ध उजुरी गर्न पाउने संवैधानिक व्यवस्था छ । संसदीय सुनुवाई समितिले साेही व्यवस्था अनुसार निराला विरुद्ध कुनै उजुरी भएमा दर्ता गर्न आग्रह गरेकाे छ ।
समितिका सभापति लक्ष्मणलाल कर्णले बुधबार देखि लागू हुने गरि १० दिनकाे म्याद भित्र उजुरी गर्न सार्वजनिक रुपमा आग्रह गरेका हुन् ।
समितिमा परेका उजुरी माथि सुनुवाई भइ समितिले अनुमोदन गरेमा उनकाे नियुक्तीकाे लागि बाटाे खुल्नेछ । निराला तत्कालिन राजा ज्ञानेन्द्र शाहको शासनकालमा महान्यायाधिवक्ता भइसकेका छन् ।


प्रतिकृया दिनुहोस