• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

नारायणगढ–मुग्लिन सडक दैनिक चार घण्टा अवराेध हुने

रासस

रासस

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड दुई सातासम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सुरक्षा समितिको बैठकले मंसिर २७ गतेदेखि लागू हुने गरी दुई साताका लागि सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयको मागअनुसार निर्णय गरिएको भन्दै सो अवधिमा आफ्नो क्षेत्रबाट सहयोग गर्न चितवन प्रशासनले आह्वान गरेको छ । सो अवधिमा नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारीलाई १५ किलो क्षेत्रमा र मालबाहक सवारी साधन दासढुङ्गामा रोकिनेछन् ।

यस्तै मुग्लिनबाट नारायणगढतर्फ आउने यात्रुबाहक सवारीलाई मुग्लिन र बेनिटारमा तथा मालबाहक सवारी साधनलाई लेवाटार र आबुखैरहनीमा रोकिनेछ । एम्बुलेन्स, शव बाहनलगायत अत्यावश्यक सवारी साधन सुरक्षा निकाएको समन्वयमा पास गराइने जिल्ला प्रहरी कार्यालय चितवनद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रतिकृया दिनुहोस