• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

मर्मत भयाे भरतपुर विमानस्थल, आजदेखि उडान नियमित

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

चितवन । दश दिनदेखि बन्द रहेकाे भरतपुर विमानस्थल आज देखि पुन: सञ्चालनमा आएको छ । पार्किङ क्षेत्र र रनवे मर्मतकाे लागि विमानस्थल गत मंसिर १५ गते देखि बन्द गरिएको थियो ।

मर्मत र रङरोगनको काम सकिएसँगै विमानस्थल पुन: सञ्चालनमा ल्याइएको विमानस्थल प्रमुख पवनकुमार गौतमले जानकारी दिए । गौतमका अनुसार धावनमार्ग मर्मत गरिएकाे छ भने भ्रमण वर्षलाई लक्षित गरी विमानस्थललाई विशेष रुपमा सजाइएको पनि छ ।

०१५ सालबाट सञ्चालनमा आएको साे विमानस्थलको धावनमार्ग ०६१ सालमा कालोपत्रे गरिएको थियो । लामाे समयदेखि मर्मत नगरिएकाले धावनमार्गमा बिग्रेपछि मर्मत गरिएको हो ।

सो विमान स्थलबाट दैनिक आठ सय यात्रुले सेवा लिँदै आएका छन् ।

विमानस्थलमा बुद्ध, यती र सिम्रिक एयरले काठमाडौँ तथा पोखराबाट दैनिक उडान भर्दै आएका छन् ।

 

 

 

प्रतिकृया दिनुहोस