• ६ चैत २०८०, मंगलबार
  • Tuesday,19 March,2024

रंगशालामा प्रहरीको ज्यादती, पत्रकार कुटिए 

टेकेन्द्र बुढाथाेकी

टेकेन्द्र बुढाथाेकी

काठमाडौं । प्रहरीका केही डीएसपीले दशरथ रंगशालामा ताण्डव मच्चाएका छन् । डिएपीहरु रुगम कुँवर, सन्ताेष सिंह राठाैर र राजेन्द्र धमलाले पत्रकार सहित सर्वसाधारणलाई पिटेका हुन् ।

सुरक्षा दिन बसेका प्रहरीले फाेटाे खिचेकाे भन्दै नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईंलाई कुटेका छन् । 

बिहानैदेखि सुरक्षामा कडाइ गरेको प्रहरीले खेल हेर्न आएका दर्शकसँग रंगशाला प्रवेशमा विवाद गरिरहेको थियो । विवाद बढ्दै जाँदा प्रहरीले दर्शकलाई कुटपिट गर्न थालेको थियो । रंगशालामा दर्शकलाई प्रहरीले कुटेको फोटो खिचेकाे भन्दै फोटो पत्रकार चापागाईं कुटिएका हुन् ।  

चापागाईंको राष्ट्रिय खेलुकद परिषद् हातामा रहेको मेडिकल कक्षमा उपचार भइरहेको छ । 

पत्रकारलाई प्रहरीले कुटपिट गरेको बारे आफूलाई जानकारी नै नभएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी शैलेष थापा क्षेत्रीले बताए । रंगशाला परिसरमै रहेका डीआईजी क्षेत्रीले भने–‘पत्रकारलाई कुटेको कुरा मलाई रिपोर्ट भएको छैन ।’ 

मंगलबार साग फुटबलको फाइनलमा नेपाल र भुटान खेल्दैछन् ।

फुटबल खेल सकिएपछि सागको समापन हुनेछ । सोहीकारण रंगशाला क्षेत्र भित्र र बहिर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । 

 

 

 

प्रतिकृया दिनुहोस