स्थानीय तहमा बढ्याे भ्रष्टाचार
काठमाडौं । घुस लिनेहरु नियमित रुपमा पक्राउ परेपनि स्थानीय तहमा भ्रष्टाचार घट्न सकेकाे छैन । सानाे रकम देखि करोडौ रुपैयाँसम्म भ्रष्टाचार गरेको घटनाहरु नियमित रुपमा बाहिरिने गरेका छन् ।
नेपालमा भ्रष्टाचार हुने संस्थामा स्थानीय तह अग्रपंक्तिमा रहेकाे छ । यसकाे पछिल्लो उदाहरण हो, स्थानीय तहमा बढ्दै गएकाे भ्रष्टाचारको उजुरी ।
अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसकाे अवसरमा आयोजित कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहमा भ्रष्टचार सम्बन्धी मुद्दाहरु बढ्दै गएको डरलाग्दो तथ्याङ्क सार्वजनिक गरेको छ ।
आर्थिक वर्ष २०७५/०७६ मा ३ सय ५१ वटा भ्रष्टाचारकाे मुद्दा दर्ता भएको छ । चालू आर्थिक वर्षमा मात्रै १ सय १२ दिन कार्यालय खुलेकोमा १ सय ७० मुद्दा दर्ता भएका छन् । आयोगको २९ वर्षे इतिहासमा याे वर्ष सबैभन्दा बढी मुद्दा दर्ता भएको हाे।
यस्तै ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालमा भ्रष्टाचारको अवस्था चिन्ताजनक रहेकाे रिपोर्ट केही समय पहिले सार्वजनिक गरेको थियो । ट्रान्सपरेन्सीले सय देशकाे भ्रष्टाचारकाे अवस्थामा सार्वजनिक गर्ने गरेकाेमा नेपाल ३१ आैं स्थानमा छ ।
सो रिपोर्टले ५० भन्दा तलकाे वरियतामा रहने मुलुकलाई धेरै भ्रष्टाचार हुने देशकाे रुपमा जनाउँछ । साे रिपोर्टकाे आधारमा नेपालमा विगतकाे तुलनामा भ्रष्टाचार बढेको देखाएको छ ।


प्रतिकृया दिनुहोस