महिलाको समान हैसियत नहुँदा लैङ्गिक हिंसा बढ्याे
काठमाडौं । महिलाको समान हैसियत नहुँदा नेपालमा लैङ्गिक हिंसा बढिरहेकाे छ । लैङ्गिक हिंसा सामाजिक अपराध भएकाे जनचेतना नहुँदा पनि याे बढिरहेकाे हाे।
उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा आइतबार आयाेजित कार्यक्रममा बाेल्दै लैङ्गिक हिंसा सामाजिक अपराध भएको बुझाउनु पर्नेमा जाेड दिएका छन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आयाेजना गरेकाे साे कार्यक्रमलाई सम्बाेधन गर्दै उपप्रधानमन्त्री पाेखरेलले लैङ्गिक हिंसाका घटनालाई व्यक्तिगत मुद्दा भन्दै ढाकछोप गर्नेलाई कानुनी दायरामा ल्याउनु पर्ने बताए ।
दाेषीलाई कानुनकाे परिधीमा ल्याउने र जनचेतना बढाउने काम गर्दै लैङ्गिक हिंसा घटाउन आवश्यक रहेकाे उनकाे भनाइ छ ।
याे वर्षकाे १६ दिने अभियानमा ‘लैङ्गिक हिंसा र दुर्व्यवहारः छैन हामीलाई स्वीकार’ भन्ने नारा तय गरिएको छ ।
सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन दिदीबहिनीलाई तत्कालीन त्रुजिलो सरकारले निर्मम हत्या गरेको सम्झनामा साे अभियानको थालनी गरिएको थियाे ।


प्रतिकृया दिनुहोस