• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

फोहोर व्यवस्थापनमा प्रविधिकाे प्रयाेग गर्न सुझाव

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले फोहोरमैलाको उचित व्यवस्थापनलाई प्रविधिसँग जोड्नुपर्ने बताएका छन् ।

फोहोरमैला व्यवस्थापन सम्बन्धी राष्ट्रिय सम्मेलनमा बोल्दै राज्यमन्त्री मानन्धरले सो कुरा बताएका हुन् । प्रविधिसँग जोडिन नसकेका कारण फोहोरमैला व्यवस्थापनमा समस्या आएको भन्दै  प्रविधि किन नल्याउने भन्दै उनले प्रश्न समेत गरे । प्रविधि भित्र्याउँदा कसैलाई बेफाइदा नहुने उनकाे भनाइ थियो ।

काठमाडौं महानगरपालिकाका प्रमुख अधिकृत केदार न्यौपानेले सिसडोल पुर्‍याउनु भन्दा पहिले नै कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्नेमा ध्यान दिनुपर्ने बताए  । हरेक वर्ष रासायनिक मल आयातमा ठूलो रकम बाहिर गएको उल्लेख गर्दै उनले कुहिने फोहोरलाई मल बनाउएर प्रयोग गर्न सकिने सुझाव दिए ।

फोहोरमैला व्यवस्थापन सम्बन्धी राष्ट्रिय सम्मेलनका संयोजक गणेश शाहले शहरको विकास भइरहेकै गतिमा फोहोर पनि बढिरहेको बताए । देश संघीय संरचनामा गएपछि फोहोर व्यवस्थान कसको जिम्मा हुने भन्ने नै स्पष्ट नभएको उनले बताए ।

 

प्रतिकृया दिनुहोस