शुक्रबार तथा शनिबार यी रुट प्रभावित
काठमाडौं । १३ औँ सागका लागि उपत्यकामा शुक्रबार र शनिबार केही रुटमा सवारी आवागमनमा रोक लगाइएकाे छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार शुक्रबार कलंकीदेखि सातदोवाटो, हुदै सूर्यविनायकसम्मको सडकमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सवारी साधनमा रोक लगाइएको छ ।
साग अन्तर्गत हुने साइक्लिङकका लागि यी रुटमा अन्य यातायातका साधनमा रोक लगाइएको छ । सो रुटमा गुड्ने सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।
त्यस्तै,शनिबार म्याराथनका लागि बिहान सात बजेदेखि सुरु हुँदै छ।
दशरथ रंगशालाबाट सुरु हुने खेल टेकु, कालिमाटी, बल्खु, एकान्तकुना, कोटेश्वर, भक्तपुरको सूर्यविनायकसम्म हुनेछ ।
सोही रुट हुँदै कोटेश्वर, बानेश्वर, माइतीघर, भद्रकाली, वीर अस्पताल, जमल, लैनचौर, दरबारको उत्तरी ढोका, नागपोखरी, जय नेपाल, संग्रालयको दक्षिणी गेट, घण्टाघर भद्रकाली हुँदै रंगशालासम्म हुने महाशाखाले जनाएको छ ।
तर अत्यावश्यक सवारी साधनमा भने रोक नलगाइने ट्राफिक महाशाखाले जनाएको छ ।


प्रतिकृया दिनुहोस