काेभिड-१९ काे 'विश्वव्यापी स्वास्थ्य आपतकाल' सकियाे : डब्ल्यूएचओ
काठमाडाैं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड-१९ को 'विश्वव्यापी स्वास्थ्य आपतकाल'को अवस्था अन्त्य भएको जनाएको छ ।
डब्ल्यूएचओले कोभिड-१९ अब 'विश्वव्यापी स्वास्थ्य आपतकाल'को रूपमा नरहेको घोषणा गरेको हाे । सन् २०१९ मा चीनकाे बुहानबाट फैलिएको कोभिड संक्रमण विश्वका विभिन्न देशमा फैलिएपछि डब्ल्यूएचओले' स्वास्थ्य आपतकाल घोषणा गरेको थियाे ।
डब्ल्यूएचओका प्रमुखले टेड्रोस एड्हानोम गेब्रेयससले यो महामारीमा कम्तिमा ७० लाख मानिसको ज्यान गएको बताउनुभएकाे छ । काेभिडकाे जाेखिम भने कायमै रहेकाे डब्ल्यूएचओले जनाएकाे छ ।


प्रतिकृया दिनुहोस