• १२ श्रावण २०८३, मंगलबार
  • Tuesday,28 July,2026

काेभिडबाट एक जनाकाे ज्यान गयाे, ४३ संक्रमित थपिए

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडाैं । नेपालमा काेभिड-१९ संक्रमणबाट थप एक जनाकाे ज्यान गएकाे छ ।

गत २४ घण्टामा एक जना संक्रमितकाे ज्यान गएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । याेसँगै नेपालमा काेभिडबाट ज्यान गुमाउनेकाे संख्या १२ हजार ३१ पुगेकाे छ ।

गत २४ घण्टामा देशभर पीसीआर र एन्टीजेन विधिबाट काेभिड परीक्षण गर्दा ४३ जनामा संक्रमण पुष्टि भएकाे मन्त्रालयले जनाएकाे छ । याेसँगै देशभर सक्रिय संक्रमितकाे संख्या २ सय २ पुगेकाे छ ।

गत २४ घण्टामा ५० जना संक्रमित निकाे भएका मन्त्रालयले जनाएकाे छ । गत २४ घण्टामा १५ हजार २ सय ४० जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । 

प्रतिकृया दिनुहोस