काेभिडबाट एक जनाकाे ज्यान गयाे, ७८ संक्रमित थपिए
काठमाडौं । नेपालमा काेभिड-१९ संक्रमणबाट थप १ जनाकाे ज्यान गएकाे छ ।
गत २४ घण्टामा १ जना संक्रमितकाे ज्यान गएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जानकारी दिएकाे छ ।
गत २४ घण्टामा देशभर ७८ जना संक्रमित थपिएका छन् । पीसीआर र एन्टीजेन विधिबाट १ हजार १ सय ४८ जनाकाे नमुना परीक्षण गर्दा ७८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । याेसँगै सक्रिय संक्रमितकाे संख्या ३ सय ८३ पुगेको छ ।
गत २४ घण्टामा ५० जना संक्रमित निको भएका मन्त्रालयले जनाएकाे छ ।


प्रतिकृया दिनुहोस