• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

१०६ संक्रमित थपिए, एक जनाले ज्यान गुमाए

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडाैं । देशभर शुक्रबार १ सय ६ जना काेभिड-१९ संक्रमित थपिएका छन् ।

पीसीआर र एन्टीजेन विधिबाट १  हजार ८ सय ८३ जनाको नमुना परीक्षण गर्दा १ सय ६ जनामा संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । याेसँगै देशभर सक्रिय संक्रमितको संख्या ४ सय १४ पुगेको छ ।

गत २४ घण्टामा काेभिड संक्रमणबाट एक जनाको ज्यान गएको मन्त्रालयले जनाएकाे छ । याेसँगै नेपालमा कोभिडबाट ज्यान गुमाउनेको संख्या १२ हजार २६ पुगेको छ ।

गत २४ घण्टामा ४६ जना संक्रमित निकाे भएका मन्त्रालयले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस