• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

एभरेष्ट रियल्टीलाई स्कार्बोरोमा स्वागत 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

टोरन्टो । एभरेष्ट रियल्टी ब्रोकरेजको नयाँ शाखा स्कार्बोरोमा खुलेको छ । 

एभरेष्ट रियल्टी दुई वर्षअघि घरजग्गा व्यवसायमा दख्खल राख्ने मदन केसीको नेतृत्वमा खुलेको हो । क्यानडामा बस्ने नेपाली र गैर नेपालीलाई आवास खरिद बिक्रीमा सहयोग गर्ने उद्देश्यले यो संस्था स्थापना भएको बताइन्छ ।

मिसिसागा क्षेत्रबाट सुरु भएको एभरेष्ट रियल्टीले १२ जना रियल्टरमार्फत् सेवा दिँदै आएको छ ।

गत डिसेम्बर १ मा स्कार्बोरो क्षेत्रमा नयाँ शाखा उद्घाटनमा सयौंको संख्यामा सहभागिहरु आएका थिए । प्रतिकूल मौसम भएपनि टोरोन्टो र आसपासका शहरबाट आएका उनीहरुले एभरेष्ट रियल्टीको उद्घाटन कार्यक्रममा सहभागिता जनाए । 

उद्घाटन कार्यक्रममा उपस्थित भएका संघीय सांसद शालमा जाहिदले रोजगारी सिर्जना गर्ने नेपाली समुदायको व्यवसाय सराहनीय भएको बताए । 

एभरेष्ट रियल्टीसँग सहकार्य गर्दै अघि बढ्न आफू तयार रहेको र नेपाली समुदायको आवाजलाई राजधानी सम्म पु¥याउने वचन पनि जाहिदले दिए।  

एभरेष्टका प्रमुख संचालक मदन केसीले आफूले सक्ने भए भाडाका घर हटाइ सबैलार्इ घर मालिक बनाइदिन चाहेको बताए । भाडाका घरमा बस्नुको पीडा बुझेर उनले यस्तो धारणा राखेको पनि स्पष्ट पारे । 

डा. कुञ्जरमणि शर्माले सुरुवाती दिनमा क्यानडा आउनेहरुलाई मदन केसीले गरेको सहयोगको स्मरण गरे । त्यसबेला केसीले उनीहरुलाई जागिर अनि घर खोज्न सहयोग गरेको भन्दै उनै केसीले अहिले समुदायलाई जोड्ने काम गरेको भन्दै यसमा खुसी व्यक्त गरे । 

स्कार्बोरो ब्राञ्चका मेनेजर बिदुर केसीले एभरेष्टको नयाँ शाखाबाट  टोरोन्टो क्षेत्रमा बस्नेलाई घरजग्गा सम्बन्धी जानकारी लिन थप सहज हुने बताए ।  

उनले स्कारबोरो शाखाले नेपाली तथा गैरनेपाली समुदायको सेवामा तयार रहेको पनि बताए । सो कार्यक्रममा मेनेजर बिदुरले मोर्गेज एक्सपोर्ट, होम रिनोभेटर, सेल्स पर्सन, लगानीकर्ता लगायतलाई स्कारबोरोमा सहकार्य गर्नको लागि स्वागत पनि गरे । 

सेल्सपर्सन तथा स्कार्बोरो ब्राञ्चकी लगानीकर्ता निलम रिजालले नेपालीले नै संचालन गरेको ब्रोकरेज कम्पनी भएकोले काम गर्ने थप उत्साह आएको बताइन् । 

स्कार्बोरो शाखाको उद्घाटन कार्यक्रममा सहभागि भएकोमा सबैलाई धन्यवाद दिँदै संंस्थाका अप्रेसन तथा मार्केटिङ्ग म्यानेजर अनिल थापा र सिनियर फाइनान्स मेनेजर मान पौडेलले एभरेष्टले अबको दिनमा थप प्रभावकारी भइ काम गर्ने बताए । 

प्रतिकृया दिनुहोस