देशभर १३६ जना संक्रमित थपिए
काठमाडौं । देशभर १ सय ३६ जना काेभिड-१९ संक्रमित थपिएका छन् ।
गत २४ घण्टामा पीसीआर र एन्टीजेन विधिबाट १ हजार ४ सय २४ वटा नमुनाको परीक्षण गर्दा १ सय ३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
याेसँगै देशभर सक्रिय संक्रमितको संख्या ४ सय १ पुगेकाे छ । गत २४ घण्टामा ६८ जना संक्रमित निकाे भएका मन्त्रालयले जनाएकाे छ ।
नेपालका केही दिन यता संक्रमितकाे संख्या बढ्दै गइरहेकाे छ ।


प्रतिकृया दिनुहोस