• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

काेभिडबाट थप एक जनाकाे ज्यान गयाे, १२१ संक्रमित थपिए

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । कोभिड-१९ संक्रमणबाट थप एक जनाको ज्यान गएकाे छ ।

गत २४ घण्टामा थप एक जना संक्रमितकाे ज्यान गएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । लामाे समयपछि मंगलबार पनि एक जनाकाे ज्यान गएकाे थियाे ।

गत २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट २ हजार ३ सय ७७ जनाको परीक्षण गर्दा १ सय २१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ । याेसँगै नेपालमा सक्रिय संक्रमितकाे संख्या ४ सय ४५ पुगेकाे छ ।

गत २४ घण्टामा थप ८१ जना निको भएका छन् ।

प्रतिकृया दिनुहोस