• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

काेभिडबाट एक जनाकाे ज्यान गयाे, एकैदिन १०६ संक्रमित थपिए

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । नेपालमा कोभिड-१९ संक्रमण फेरि फैलँन थालेकाे छ ।

संक्रमितकाे संख्या बढ्न थालेसँगै लामाे समयपछि मंगलबार १ जना संक्रमितकाे ज्यान गएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

गत २४ घण्टामा देशभर १ सय ६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । देशभर ४ हजार ७६ जनाकाे पीसीआर परीक्षण गर्दा ७४ जना र १ हजार ९ सय ६० जनाकाे एन्टीजेन परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

योसँगै नेपालमा सक्रिय संक्रमितकाे संख्या ४ सय ६९ पुगेकाे मन्त्रालयले जनाएकाे छ । १३ जना संक्रमितकाे आइसीयु र ५ जना संक्रमितकाे भेन्टिलेटरमा उपचार भइरहेकाे मन्त्रालयले जनाएकाे छ ।

गत २४ घण्टामा ४८ जना संक्रमित निकाे भएका छन् ।

प्रतिकृया दिनुहोस