• २९ मङ्सिर २०७६, आइतबार
  • Sunday,15 December,2019

सीमा विवाद मिलाउन कुटनितीक पहल उपयुक्त

सनराइज खबर स‌ंवाददाता

काठमाडौं । नेपाल–भारत सीमा विवाद समाधान गर्न कुटनीतिक पहल गर्न परराष्ट्रविद्हरुले सुझाव दिएका छन् ।

नीति अनुसन्धान प्रतिष्ठानले सोमबार काठमाडौँमा आयाेजना गरेको छलफल कार्यक्रममा बाेल्दै परराष्ट्रविद्हरुले यस्ताे सुझाव दिएका हुन् ।

छलफलमा परराष्ट्र मामिलाका जानकार तथा प्राध्यापक डा. खड्ग केसी र पूर्व सचिव ज्ञानचन्द्र आचार्यले अहिले भारतसँग वार्ता गर्ने उपयुक्त समय भएको बताए । उनीहरुले नेपाली पक्षले तत्काल सचिवस्तरीय वार्ता गर्न समेत आग्रह गरे ।

डा. केसीले भने –‘विवाद मिलाउन कुटनैतिक प्रणाली नै राम्रो विकल्प हो ।’ वार्तालाई निष्कर्ष दिन मन्त्री तथा प्रधानमन्त्री स्तरिय वार्ता पनि आवश्यक छ ।

यस्तै पूर्व परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्यले वार्तामा जानुअघि ऐतिहासिक दस्तावेज र प्रमाणहरु संकलन गर्नु आवश्यक रहेकोमा जाेड दिए।

त्यस्तै, अर्का पुर्व सचिव मधुरमण आचार्यले सीमा सम्बन्धि विवाद राजनैतिक रुपमा छलफल गरी सहमति पश्चात् प्राविधिक र प्रशासनिक रुपमा वार्ता गर्नुपर्ने बताए । उनले भने –‘ कुटनैतिक तवरले वार्ता थालियो भने सीमा विवादकाे मुद्दा ओझेलमा पर्छ ।’

 

प्रतिकृया दिनुहोस