• २९ मङ्सिर २०७६, आइतबार
  • Sunday,15 December,2019

कुखुरा पालक किसान मर्कामा

सनराइज खबर स‌ंवाददाता

काठमाडौं । कुखुरा पालक किसानले उत्पादनकाे उचित मूल्य पाउन सकिरहेका छैनन्न । यही कारणले व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको उनीहरुकाे भनाइ छ । 

नेपाल कुखुरा पालक किसान संघ र नेपाल कुखुरा बजार व्यवस्थापन संघले सोमबार ललितपुरको महालक्ष्मीस्थानमा आयोजना गरेको कार्यक्रममा यस्ताे बताएका हुन् ।

सरकारले किसानकाे समस्या नरजअन्दाज गरेकाे बताउँदै संघका अध्यक्ष झनक पौडेलले भने – 'कुखुराको चल्ला र दानाको भाउ बढेको छ, तर तयारी कुखुराको भने भाउ घटेको छ।'

दानामा कृत्रिम मूल्यवृद्धि भएपनि सरकारले बेवास्ता गर्दा किसानकाे समस्या बढेकाे उनले गुनासो गरे । यस्तै किसानकाे लागत मूल्यको आधारमा निश्चित नाफा पाउनुपर्ने भन्दै तयारी कुखुराको मूल्य निर्धारण वैज्ञानिक विधिबाट हुनुपर्ने उनले माग समेत गरेका छन् ।

कुखुरा पालक किसान विष्णु खड्काले दाना, चल्ला लगायतकाे मूल्य बढेर किसानलाई समस्या परेकाे बताए । किसानको पहुँच बजारसम्म नहुनु र मूल्य निर्धारण एवं अनुगमन प्रकृया वैज्ञानिक नभएको कारण यी सबै समस्या आएकाेमा उनले जाेड दिए ।


विज्ञत्ति -

प्रतिकृया दिनुहोस