• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

फेरि बढ्यो कोरोना संक्रमण

समाचार

समाचार

काठमाडाैं । नेपालमा कोरोना भाइरसको संक्रमण आज फेरि बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज एक हजार ७९ जनामा गरिएको परीक्षणमा एक सय ४२ जनामा संक्रमण देखिएको छ । 

यसअघि चैत १६ गते ४२, चैत १५ गते ३४, चैत १४ गते २४ र चैत १३ गते ६९ जनामा सङ्क्रमण देखिएको थियो । सङ्क्रमित बढेसँगै सक्रिय संक्रमित पनि बढेको पाइएको छ । आज सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ६३ पुगेको छ । 

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भारतमा संक्रमण बढिरहेकाले खुला सीमा नाका कारणले त्यसको असर नेपालमा परेको बताउनुभयो । उहाँले खुला सीमा नाकाबाट सङ्क्रमित नेपाल भित्रिएको हुनाले संक्रमण बढेको बताउनुभयो । 

भारतको उत्तर प्रदेशमा संक्रमण बढिरहेको छ । मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ ।

अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालन भइरहेको छ । 

–रासस
 

प्रतिकृया दिनुहोस