• २१ मङ्सिर २०७६, शनिबार
  • Saturday,07 December,2019

नेपाललाई ११ औँ स्वर्ण, कुसुमलाई बधाई

सनराइज खबर स‌ंवाददाता

काठमाडौं । नेपालले थप एक स्वर्ण जितेकाे छ । महिला ४५ केजीको कराँते कुमुतेतर्फ कुसुम खड्काले नेपाललाई ११ औँ स्वर्ण दिलाइन् ।

उनले बंगलादेशकी मौन जेरा बोर्नालाई ३–२ अन्तरले पराजित गरिन् ।

यसअघि नेपालले १० विधामा स्वर्ण जितिसकेको छ । 

मण्डेकाजी श्रेष्ठले कराँते कातामा, सोनी गुरुङ ट्रायथलनमा, कमल श्रेष्ठ तेक्वान्दो पुम्सेमा, संगिता मगर, निर्मला तामाङ, सरु कार्कीले महिला टिम काता कराँतेतर्फ र तेक्वान्दो महिला पुम्सेमा सिना मादेनले स्वर्ण जितिसकेका हुन् ।

त्यस्तै, पुरुष टिम काता कराँतेमा मण्डेकाजी श्रेष्ठ, प्रविण मानन्धर र महसुस तामाङले नेपाललाई छैठाै‌ं स्वर्ण पदक दिलाएका हुन् । पार्वती गुरुङले तेक्वान्दोको पुम्से महिलातर्फको खेलमा स्वर्ण पदक जितेकी हुन् । 

त्यस्तै, महिला तेक्वान्दोको पुम्सेमा आयशा शाक्य र विप्लवलाल श्रेष्ठले  कराँते विधामा ८४ केजी माथिको समूहमा स्वर्ण पदक जितेका छन् । 

प्रतिकृया दिनुहोस