• ३० मङ्सिर २०७६, सोमबार
  • Monday,16 December,2019

नेपाललाई दशौं स्वर्ण, बधाई विप्लव

सनराइज खबर स‌ंवाददाता

काठमाडौं । विप्लवलाल श्रेष्ठले स्वर्ण पदक जितेका छन् ।

साग अन्तर्गत कराँते विधामा ८४ केजी माथिको समूहमा विप्लपले पाकिस्तानका मोहमद बाजलाई ६–५ अन्तरले पराजित गरेका हुन् । 

सागमा नेपालका लागि यो दशौं स्वर्ण पदक हो । 

यसअघि नेपालले ९ विधामा स्वर्ण जितिसकेको छ । 

मण्डेकाजी श्रेष्ठले कराँते कातामा, सोनी गुरुङ ट्रायथलनमा, कमल श्रेष्ठ तेक्वान्दो पुम्सेमा, संगिता मगर, निर्मला तामाङ, सरु कार्कीले महिला टिम काता कराँतेतर्फ र तेक्वान्दो महिला पुम्सेमा सिना मादेनले स्वर्ण जितिसकेका हुन् ।

त्यस्तै, पुरुष टिम काता कराँतेमा मण्डेकाजी श्रेष्ठ, प्रविण मानन्धर र महसुस तामाङले नेपाललाई छैठाै‌ं स्वर्ण पदक दिलाएका हुन् । पार्वती गुरुङले तेक्वान्दोको पुम्से महिलातर्फको खेलमा स्वर्ण पदक जितेकी हुन् । 

त्यस्तै, महिला तेक्वान्दोको पुम्सेमा आयशा शाक्यले स्वर्ण पदक जितेकी छन् । 

प्रतिकृया दिनुहोस